चितवन ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । लामिछानेलाई एक कार्यक्रम गर्दै महानगरले एक लाख नगद सहित सम्मान गरेको हो।
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्किएका लामिछानेलाई राम्रो क्रिकेट खेलेर देशको इज्जत बढाएकाले महानगर प्रमुख रेनु दाहाल उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सन्दिपले एकदिवसीय कृकेटमा सबैभन्दा छिटाे १०० विकेट लिने विश्वकृतिमानी आफ्नो नाममा बनाएका छन। भने टि–२० श्रृखलामा सबैभन्दा छिटो १०० विकेट पुराउनेमा दोस्रो स्थानमा छन । पहिलाे नम्बरमा अफगानस्थानका रसिद खान रहेका छन ।