spot_img
spot_img
spot_img

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

spot_img

काठमाण्डौ ।

भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ ।  विगत २४ घण्टामा बाढीमा डुबेर तीन  जनाको मृत्यु भएको छ । जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्टअनुसार तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको छ ।

मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले  राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ । प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ जहाँ लगभग दुई लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् ।

स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू  ठाउँ ठाँउमा उद्धार कार्यमा संलग्न छन्  । मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग दुई हजार ९०० जनालाई उद्धार गरिएको छ ।

सरकारले मङ्गलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ । एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ । मङ्गलबार बाढीले ७४ वटा सडक, छ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पु¥याएको छ भने पाँचवटा तटबन्धलाई तोडेको छ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img