काठमाडौं ।
सत्ता समीकरण फेरबदलको खबरसँगै मंगलबार उछाल आएको शेयर बजार आज बुधबार सम्हालिएको छ । मंगलबार हाफ सेन्चुरी मारेको बजार परिसूचक नेप्से बुधबार झिनो अंकले सकारात्मक रहेको हो। उतार चढावबीच नेप्से करिब ४ अंकले सकारात्मक रहेर २१ सय ४ कायम भएर थामियो । कारोबार भने सुधारिएर ५ अर्ब नाघ्यो । मंगलबार ५ वटा समूह उकालो लाग्दा ८ वटा समूह ओरालो लागे ।
मंगलबार मञ्जुश्री फाइनान्सको सबैभन्दा उच्च २३ करोडको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स, गुह्येश्वरी मर्चेच्ट, मञ्जुश्री फाइनान्सलगायत करिब आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??