spot_img
spot_img
spot_img

२० वर्षसम्म हाते ग्रिनेडलाई हतौडा बनाएर चलाएपछि…

spot_img

काठमाण्डौ ।

चीनमा एक ज बृद्ध महिलाले हाते ग्रीनेड हाते ग्रिनेडलाई २० वर्षसम्म हतौडा बनाएर चलाइरहेको खुलासा भएको छ । एक दिन घर नजिकैको बारीमा छिन नाम गरेकी ती महिलाले काठको समाउने भएको एउटा धातुको सामान भेटिन् । हथौडा सोचेर महिलाले त्यसलाई घर ल्याइन् । त्यसपछि उनले त्यसलाई ओखर फोर्नेदेखि मरिच धुलो बनाउनेसम्म अनेकौँ कामका लागि प्रयोग गरिरहिन् ।

गएको हप्ता मात्रै उनको पुरानो घर भत्काउन आएका कामदारहरूले सो वस्तु देखे । शङ्कास्पद लागेर उनीहरुले अधिकारीहरूलाई यसबारे जानकारी दिए । सो वस्तु चिनियाँ टाइप ६७ हाते ग्रिनेड थियो । आफूले वर्षौदेखि हथौडा भनेर प्रयोग गर्दै आएको वस्तु त हाते ग्रिनेड पो रहेछ भन्ने उनले थाहा पाइन् ।

हरेक पटक सो ग्रिनेड चलाउँदा आफ्नो ज्यान कसरी जोखिममा राखेकी रहेछु भनेर महिलाको मुटु डरले पक्कै धक्क फुल्यो होला । वर्षौदेखि चलाउँदा सो हाते ग्रिनेडको काठको ह्यान्डल नरम र चिप्लो भइसकेको थियो भने धातुको हिस्सामा दागै दाग थियो । सो हाते ग्रिनेड विस्फोटक भएको र आफूले त्यसलाई डिस्पोज गरेको प्रहरीले बताएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img