गुल्मी ।
गुल्मीमा पहिरोमा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको थियो। उनलाई सो अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
१ तले टिनले छाएको माटो र ढुङ्गाले बनेको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले उनलाई पुरेको थियो ।
अहिले देशभर अबिरल वर्षा भएका कारण ठाउँठाउँमा बाढी र पहिरोले धनजनको क्षती पुर्याएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??