काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । बिहान साढे ९ संसदीय दलको बैठक बोलाइएको रास्वपाकी सचेतक निशा डाँगीले जानकारी दिनुभएको छ । भोली बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकभन्दा अगाडि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को बाँकी कामकारबाही र विविध विषयमा छलफल हुने पार्टीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??