काठमाडौं ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताउनुभएको छ ।शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमाम बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनैपनि समस्या समाधान नहुने दाबी गर्नुभएको छ ।
यस्तै उहाँले राजनीतिक दल र नेताहरुले सहकारीका सञ्चालकहरुलाई संरक्षण गर्न खोज्दा सहकारीमा समस्या देखिएको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर गर्नुभएको छ ।
उहाँले राजनीतिक दलहरुले आफ्नालाई संरक्षण गर्न प्रहरी प्रशासनलाई पनि त्यसको अनुसन्धान गर्न नदिएको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सहकारी समस्या समाधानका लागि भईरहेका प्रयासप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।