spot_img
spot_img
spot_img

दबाबबाट प्रधानमन्त्रीको राजीनामा नआउने अर्थमन्त्री पुनको भनाई

spot_img

काठमाडौं ।

अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भएपनि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिएर मात्रै छाड्ने बताउनुभएको छ । आइतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताउनुभयो । उहाँले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताउनुभयो ।

उहाँले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताउनुभयो । उहाँले एमाले काँग्रेस गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताउनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img