spot_img
spot_img
spot_img

बाइडेन राष्ट्रपतिको दौडमा रहे फन्डिङ बन्द गरिदिने चेतावनी

spot_img

काठमाण्डौ ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचन आउन अब चार महिना मात्रै बाँकी छ । तर सत्तारुढ डेमोक्रेट पार्टी आफ्नो उम्मेदवारबारे अन्योलमा छ । वर्तमान राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने विरूद्ध पार्टीभित्र उठिरहेको आवाज मत्थर हुने नामै छैन । बाइडेनले आफू दौडमा रहेको स्पष्ट गरिसकेका छन् । तर अमेरिकी सञ्चारमाध्यमको रिपोर्टलाई विश्वास गर्ने हो भने जो बाइडेनको विकल्पबारे पार्टीभित्रै विचारविमर्श शुरु भएको छ ।

एटलान्टामा भएको पहिलो बहसमा बाइडेनको निराशाजनक प्रर्दशनपछि उनको उमेरबारे छलफल तीव्र भएको थियो । बाइडेनको पछिल्लो टेलिभिजन अन्तरवार्ताले पनि बाइडेनको नाममा उठेको शंकाहरू मत्थर गर्न सकेन । छ । मिडिया रिपोर्टका अनुसार डेमोक्रेट पार्टीको चुनावी अभियानका मुख्य दाताहरूले बाइडेन राष्ट्रपतिको दौडमा रहे भने फन्डिङ बन्द गरिदिने चेतावनी दिएका छन्।

पार्टी भित्रै पनि केही नेताले बाइडेनले जित्ने सक्नेमा आशंका गर्दै उमेदवार फेर्न माग गरिरहेको खबरहरू आइरहेका छन । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img