spot_img
spot_img
spot_img

विश्वकप सकिएलगत्तै मैदानमा ओर्लिए विश्व क्रिकेटका ‘बुढा बाघ’

spot_img

काठमाण्डौ ।

भर्खरै अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण सकिएको छ । विश्वकप विजेता भारत अहिले जिम्बाबे भ्रमणमा छ । जिम्बाबेसँगको अप्रत्यासित हारका कारण पनि भारतीय क्रिकेट चर्चाको विषय बनिरहेको छ । टी–२० विश्वकप भर्खरै सकिएकाले पनि पछिल्लो केही दिनयता क्रिकेटको अन्तर्राष्ट्रिय क्यालेन्डर सुस्ताएको अवस्थामा छ । यसका बावजुद इङ्ल्यान्डमा अहिले परक स्वादको एउटा क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ ।

कुनै समय विश्व क्रिकेटमा आफ्नो अदभूत ब्याटिङ र बलिङबाट तहल्का मच्चाउने पूर्वखेलाडीहरु अहिले क्रिकेट खेल्न फेरि मैदानमा ओर्लिएका छन् । ‘वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स–२०२४’ नाम दिइएको उक्त प्रतियोगिता जुलाई २४ तारिखसम्म चल्नेछ । तियोगितामा ६ वटा टोली सहभागी छन् । प्रतियोगितामा सहभागी टोली पाकिस्तान च्याम्पियन्स, अस्ट्रेलिया च्याम्पियन्स, भारत च्याम्पियन्स, इङ्ल्यान्ड च्याम्पियन्स, वेस्ट इन्डिज च्याम्पियन्स र दक्षिण अफ्रिका च्याम्पियन्स हुन् । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img