काठमाण्डौ ।
रुकुम पूर्वमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ भने पहिरोमा परेर तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा सोमबार राति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाउँदा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ ।
४० वर्षीय कर्णबहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको हो । घाइतेहरुलाई उपचारका लागि रुकुमकोट लगिएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??