spot_img
spot_img
spot_img

पार्टीका सांसदलाई बाइडेनको पत्र : ट्रम्पलाई हराउन प्रतिवद्ध छु

spot_img

काठमाण्डौ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसमा आफ्नो कमजोर प्रदर्शनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई हराउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ।

शारीरिक र मानसिक फिटनेसको चिन्ताका बाबजुद दौडमा सोमवार प्रजातान्त्रिक सांसदहरूलाई लेखेको पत्रमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रहने प्रतिवद्धता जनाउनु भयो । उहाँले सञ्चारमाध्यम र अन्य ठाउँमा सबै आँकलनहरुको बाबज्ुद आफू यस दौडमा रहने बताउनुभयो ।

राष्ट्रपति बाइडेनले राष्ट्रपतिको दौडलाई अन्त्यसम्म लैजान र डोनाल्ड ट्रम्पलाई हराउन दृढ प्रतिवद्ध रहेको बताउनु भयो । ट्रम्पलाई हराउनु नै आफ्नो एउटा मात्रै काम भएको बताउनुभयो ।

लोकतान्त्रिक महाधिवेशनमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार औपचारिक रूपमा घोषणा हुने ४२ दिन मात्र बाँकी छ । र आम चुनावको लागि ११९ दिनहरू छन् ।

बाइडेनले यो एकजुट हुने, एकीकृत पार्टीको रूपमा अगाडि बढ्ने र डोनाल्ड ट्रम्पलाई पराजित गर्ने समय भएको बताउनुभयो । केही डेमोक्र्याटिक सांसदहरूले उहाँलाई दौडबाट बाहिर निस्कन आग्रह गरेका छन् ।रियल क्लियर पोलिटिक्सको औसत मतदान तथ्याङ्क अनुसार ट्रम्पले आम चुनावमा बाइडेनभन्दा ३.३ प्रतिशत अंकले अग्रता लिएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img