काठमाण्डौ ।
सिंगापुरले १६ प्रजातिका प्रजातिका किरा फट्याङ्ग्राहरूलाई खानाको मान्यता दिएको छ । सिंगापुरको सरकारी खाद्य एजेन्सी एसएफएले खान मिल्ने १६ प्रजातिका किरा फट्याङ्ग्राहरूलाई विक्री र उपभोगका लागि अनुमति दिएको छ ।
तत्कालै लागू हुने गरी एसएफएले खाद्य व्यापारीहरूको नाममा सर्कुलर जारी गरेको थियो । नियामक चासो कम भएको ठानिएको किरा फट्याङ्ग्रा र यसबाट बनाइएको खाद्य पदार्थ आयात गर्न पनि अनुमति दिइएको सर्कुलरमा भनिएको छ । एसएफएले खान मञ्जुरी दिएको किरा फट्याङ्ग्रामा सलह, फट्याङ्ग्रा, मिलवर्म र गोब्रे किराका कयौँ प्रजाति छन् ।
यसलाई उच्च प्रोटिनको दिगो स्रोतको रूपमा हेरिएको छ। थाईल्यान्ड र कम्बोडियालगायत दक्षिण पूर्वी देशमा कमिला, फट्याङ्ग्रा र ट्यारन्टुला आदि मज्जाले खाइन्छ। विश्वभर झन्डै २ हजार १०० प्रजातिका किरा फट्याङ्गालाई खान मिल्ने श्रेणीमा राखिएको एक प्रतिवेदनले देखाएको छ । -एजेन्सी