spot_img
spot_img
spot_img

विश्वभर बढ्यो क्रिप्टोकरेन्सीको चोरी

spot_img

काठमाण्डौ ।

विश्वभर क्रिप्टोकरेन्सीको चोरी बढेको छ । यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा ह्याकरहरूले १ अर्ब ३८ करोड मूल्य बराबरको क्रीप्टोकरेन्सी  क्रिप्टोकरेन्सी चोरिएका ब्लकचेक अनुसन्धान कम्पनी टीआरएम ल्याब्सले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

यस वर्षको जनवरी १ देखि जुन २४ सम्मको अवधिमा सो परिमाणमा क्रिप्टोकरेन्सी चोरी भएका हुन् । चोरीको यो आकार गएको वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । गएको वर्षको सोही अवधिमा विश्वभर ६५ करोड ७० लाख डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरी भएका थिए । गएको वर्ष जस्तै यस वर्षपनि अधिकांश क्रिप्टो औँलामा गन्न सकिने केही ह्याकरहरूले लगेका छन् । यस वर्षको पहिलो पूर्वाद्र्धमा चोरी भएका क्रिप्टोकरेन्सीमध्ये ७० प्रतिशत पाँच ह्याकरहरूले लगेको प्रतिवेदनले देखाएको छ । यस वर्ष भएको सबैभन्दा ठूलो क्रिप्टो चोरी जापानी क्रिप्टो विनिमय मञ्च डीएमएम बिट्क्वाइनको ३० करोड डलरभन्दा धेरैको चोरी हो ।
ह्याकरहरूले चोरिएका निजी किहरू प्रयोग गरेर चोरी गरेको बताइएको छ । यसमा ह्याकरहरूले प्रयोगकर्ताको जस्तै खालको देखिने ठेगाना भएको वालेटबाट थोरै क्रिप्टो पठाउँछन् । अनि प्रयोगकर्ताले झुक्किएर आफ्नो वालेटमा पठाउनुपर्ने पैसा सो वालेटमा पठाउँछन् । यो वर्षको पूर्वाद्र्धमा क्रिप्टो करेन्सीको भाउ बढेको थियो । यसले पनि चोरी बढाएको हुनसक्ने अनुमान गरिएको छ।
-एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img