काठमाण्डौ ।
नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा वर्षा सङ्गै खसेको पहिरोले २ बस बगाउदा बसमा सवार यात्रु बेपत्ता भएका छन । लेदो सहितको पहिरोका कारण बस त्रिशूलीमा खसेको थियो ।
बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस नदिमा खसेका हुन । दुबै बसमा चालकसहित झण्डै ५५ जना यात्रु रहेको प्रहरीले अनुमान गरेको छ ।
काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्समा र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बसमा गरि अनुमानित ५५ यात्रु थिए ।
अहिले घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित यात्रुहरुको खोजी कार्य भईरहेको छ ।