spot_img
spot_img
spot_img

कोपा–अमेरिका फाइनल : जब मेस्सीले आँखु खसाल्दै मैदान छाडे

spot_img

काठमाण्डौ ।

कोपा–अमेरिका फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जेन्टिना र कोलम्बिया भिडेका थिए । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सी आफ्नो कप्तानीमा फेरि एकपटक अर्जेन्टिनालाई उपाधि चुमाउने धुनमा थिए । अर्जेन्टिनाले अतिरिक्त समयमा उपाधि जिते पनि मेस्सीका लागि भने फाइनल खेल खल्लो बन्न पुग्यो।

उनी घाइते भएका कारण मैदान छाड्न बाध्य बनेका थिए। खुट्टाको पुरनै समस्या बल्झिएपछि उनी निर्धारित समयको ६८औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । त्यसअघि पनि खेलका क्रममा उनको खुट्टामा समस्या देखिएको थियो । तर, सामान्य उपचारपछि उनले खेललाई निरन्तरता दिएका थिए । खुट्टाको पिडा बढ्दै गएपछि अन्ततः ६८औँ मिनेटमा उनी मैदान छाडन बाध्य भएका थिए ।

स्टार खेलाडी मेस्सीले खुट्टाको समस्या बल्झिएपछि आँशु खसाल्दै  मैदान छाडेका थिए । उनले मैदान छाड्दै गर्दा रंगशालामा उपस्थित हजारौँ समर्थकले उनको हौसला बढाएका थिए । मैदानबाट बाहिरिएपछि उनलाई प्राथमिक स्वास्थ्य उपचार दिइएको थियो ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img