काठमाडौँ ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिनुभएको छ । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका हुन् ।
मोदिले लेख्नुभएको छ, ‘बधाई छ केपी शर्मा ओलीज्यू, नेपालको प्रधानमन्त्रीको रुपमा तपाईको नियुक्तिमा । हाम्रा दुई देशबिचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिकबाट काम गर्न तत्पर छौँ,’ मोदीले लेखेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??