spot_img
spot_img
spot_img

विश्वभर खोपका कारण २७ लाख बालबालिका प्रभावित

spot_img

काठमाण्डौ ।

बालबालिकाहरुका लागि रक्षा कवज मानिएका १४ प्रकारका खोप अभियान रोकिएपछि विश्वभरका लाखौं बालबालिका प्रभावित हुने एक अध्यनले देखाएको छ ।विश्व स्वास्थ्य संगठन डव्लुएचओका अनुसार, कोविडमहामारीका कारया सन् २०१९ को तुलनामा २०२३ मा विश्वभरका २७ लाख अतिरिक्त बालबालिका यो खोपबाट बन्चित हुन पुगेका छन् ।

भ्याक्सीन पूरा गर्न नसकेका कारण विभिन्न रोगको जोखिममा परेको अध्यनले जनाइएको छ । डव्लुएचओ र संयुक्त राष्ट्र बाल कोष युनिसेफले खोप अभियान तत्काल शुरुगरि बालबालिकालाई विभिन्न रोगबाट बचाउनु अपील गरेको छ ।

यूनीसेफका कार्यकारी निर्देशक कैथरीन रसैलले धेरै देशमा विविध कारणले अझैपनि धेरै बालबालिका खोप लगाउन छुटेको हुदा स्थानिय सरकारका साथै सरोकारवालाले अभियानमा पहल गर्नुपर्ने बताउनुभयो । साथै रशैलले खोप अभियानले जोखिममा रहेका बालबालिकालाई खतरनाक रोगहरुको जोखिमबाट बचाउन सकिने उल्लेख गर्नुभएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img