धनुषा ।
मधेस प्रदेश सरकारले सिमलताल पहिरोमा परेर ज्यान गुमाएका मृतकको परिवारलाई१/१ लाख राहत स्वरुप सहयोग गर्ने बताएको छ । गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु एक लाख दिने मदेेेशले घोषणा गरेको हो ।
मुख्यमन्त्री शतिशकुमार सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताउनुभयो ।
२ ओटा बस त्रिशुलीमा खस्दा बसमा सवार अनुमानित ६५ यात्रुमध्ये ३ यात्रुले हाम फालेर ज्यान जोगाउन सफल भएका छन । केहिको शव फेला परेको छ भने अन्य अझै हराईरहेका छ्न । उनिहरुको खोजीकार्य भईरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??