काठमाडौं ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी चाँडै हुने बताउनुभएको छ। आज बुधबार नेपाल उद्योग वाणिज्य महासघका पदाधिकारीसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिएन भन्ने गुनासो आएपनि अब लामो समय नरहने बताउदै निर्माण व्यवसायीहरुले सरकारबाट भुक्तानी नपाएको गुनासो व्यापक सुनिएको हुँदा सरकारले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोक्ने उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले सरकारले जुनसुकै अवस्थामा पनि उहाँले राज्यले टेण्डर गर्ने, निर्माण व्यवसायीहरुले निर्माण गर्ने,काम सम्पन्न हुँदाहुँदै पनि भुक्तानी नपाएको भए पाउनुपर्ने बताउनुभयो ।
यस्तै उहाँले सरकारले सहकारी र लघुवित्त क्षेत्रका समस्यालाई पनि समाधान गर्न सार्थक पहल गर्ने बताउनुभयो । उहाँले पछिल्लो दिनमा माग,आपूर्ति र राजश्व समेत घटेको बताउनुभयो ।