काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्थालाई बदल्नुपर्ने बताउनुभएको छ । आज बिहीबार ६२औं इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको हालको अवस्था राम्रो नभएकाले यो अवस्था बदल्नुपर्ने बताउनुभएको हो ।
यस्तै उहाँले देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताउनुभयो । उहाँले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??