काठमाडौं ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको मुख्य चुनौति रहेको बताउनुभएको छ । आज बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले अहिलेको आफ्नो चुनौति निराशा चिर्ने र आशा जगाउने रहेको बताउनुभएको हो ।
उहाँले निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबैकुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताउनुभयो ।
अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन इमिडेट्ली तत्काल खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले यि दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने बताउनुभयो ।