काठमाडौँ ।
आगामी ३ दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै नदि तथा खोलानालामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने महाशाखाले पूर्वानुमान गरेको छ ।
यता मौसम पूर्वानुमान महाशाखाले पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।