बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिदै हुनुहुन्छ। आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी दिनुभएको छ।
महराले भोलिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??