चितवन ।
सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आज शनिबारदेखि भारतीय टोलीलाई समेत परिचालन गरिएको छ ।
भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली खोजतलासका लागि आह घटनास्थल आइपुगेका छन । खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले नेपालका जस्तै नदी भारतमा पनि रहेको र उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने भन्दै अब यथासक्य छिटो खोजतलासको काममा जुट्ने बताउनुभएको छ ।
पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका छन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका छन । ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्नेछ । उक्त टोलि ७ दिनसम्म यहाँ रहेर हराईरहेकाहरुको खोजतलास गर्नेछन।