spot_img
spot_img
spot_img

केदारनाथ यात्रा मार्गमा पहिरो खस्दा तीन यात्रीको मृत्यु

spot_img

काठमाण्डौ ।

भारतको चर्चित धार्मिक स्थल केदारनाथ धाम जाने बाटोमा आइतबार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अचानक पहिरो खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको र पाँच जना घाइते भएको भन्दै प्रेस ट्रस्ट अफ इन्डियाले समाचार छापेको छ । घटनामा थप कति धनजनको क्षति भयो भनेर स्पष्ट जानकारी आउन बाँकी छ । राहत र उद्धार कार्य जारी रहेको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि गौरीकुन्ड अस्पताल लगिएको छ ।

घटना बिहान सात बजेको भएको बताइएको छ । घटनाको सूचना पाउने बित्तिकै प्रहरी प्रशासनको टोली घटनास्थलमा पुगेका थिए । गौरीकुन्ड–केदारनाथ पैदयमार्ग १६ किमी लामो छ । वर्षात्को मौसममा पहाडबाट ढुङ्गा खस्ने, पहिरो झर्ने जस्ता दुर्घटना भइरहन्छन् ।

उत्तरखन्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा एउटा पोस्ट गर्दै राहत र बचाउ कार्य जारी रहेको बताएका छन् ।

-एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img