spot_img
spot_img
spot_img

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त

spot_img

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइ बहुमतको विश्वास प्राप्त गर्नुभएको छ। आज आइतवार प्रतिनिधि सभामा उहाँले प्रश्तुत गर्नुभएको विश्वासको मतको पक्षमा १८८ मत प्राप्त गर्दै दुई तिहाई बहुमतको विश्वास प्राप्त गर्नुभएको हो ।

प्रतिनिधिसभामा तत्काल कायम रहेको २६३ जना सांसदमध्ये प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको पक्षमा १८८ मत प्राप्त भएकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । सो प्रश्तावको विपक्षमा ७४ मत र हुन्न भन्ने पक्षमा १ मत परेको थियो ।

प्रधानमन्त्री ओलीलाई काँग्रेस, एमाले, जसपा, जसपा, नेपाल, लोसपा, जनमत पार्टीलगायतले विश्वासको मत दिएका थिए। प्रतिनिधि सभाको अर्को बैठक साउन ७ गते सोमबार अपरान्ह १ बजेलाई बोलाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img