काठमाण्डौ ।
कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सोसल मिडिया प्लेटफर्म एक्समा यो घोषणा गर्दै कमला ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँ। म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु। र नोभेम्बरमा, जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ ।’
पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन्। अधिकांश डेमोक्र्याटिक सांसद उनको पक्षमा रहेको र आगामी अगस्तमा हुने पार्टी कन्भेन्शनमा उनलाई औपचारिक रूपमा डेमोक्र्याटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।
-एजेन्सी