spot_img
spot_img
spot_img

बिगत १० बर्षमा भारतमा बाघको संख्या ६५ प्रतिशतले वृद्धि

spot_img

काठमाण्डौ ।

भारतमा बाघको बाघ सङ्ख्यामा तीव्र  वृद्धि भएको छ । सन् २०१४ देखि सन् २०२४ को बीचमा त्यहाँ बाघको सङ्ख्या ६५ प्रतिशतले बढेको छ । सन् २०१४ मा देशभरमा कूल बाघको सङ्ख्या २ हजार २२६ थियो । यो अहिले बढेर ३ हजार ६८२ मा पुगेको छ । भारतमा सन् १९७३ मा सरकारले पहिलोपटक टाइगर रिजर्भ बनाउने घोषणा गरेको थियो ।  सुरुवाती चरणमा देशभरमा नौ वटा टाइगर रिजर्भ बनाइएको थियो ।

हालै गरिएको घोषणापछि यो सङ्ख्या बढेर ५४ वटा पुगेको छ । भारतको केन्द्र सरकारले सन् १९७३ मा बाघ परियोजना सुरु गरेको थियो । सन् २००६ मा सरकारले वन्यजन्तु संरक्षण ऐनमा ठुलो हेरफेर गरेको थियो । त्यसयता बाघ संरक्षणमा बृहत् स्तरमा काम भइरहेको छ। -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img