देवदह । रूपन्देहीको देवदह-२ स्थित नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलमा साप्ताहिक कार्यक्रम अन्तर्गत ‘कविता वाचन प्रतियोगिता’ सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा-१ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिता सिनियर र जुनियर गरी दुई चरणमा सञ्चालन गरिएको थियो । जसमा कक्षा-१ देखि ३ सम्म जुनियर र कक्षा-४ देखि ८ सम्म सिनियर रहेको थियो । प्रतियोगितामा जुनियरतर्फबाट प्रथम शिशिर चालिसे (कक्षा-२), द्वितीय विवान गुरुङ (कक्षा-२) र तृतीय ओसन पौडेल (कक्षा-१) भएका थिए। त्यसैगरी सिनियरतर्फबाट प्रथम स्थान विर्सिखा राई (कक्षा-७), द्वितीय स्थान सुदीक्षा राय क्षेत्री (कक्षा-४) र तृतीय स्थान ज्योति अग्रहरी (कक्षा-७) ले हासिल गरेका थिए ।
कार्यक्रममा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले ‘कविता वाचन गर्दा छन्दलाई ध्यान दिई गति, शब्द र लय मिलाएर वाचन गरे उत्कृष्ट हुने’ बताउनुभएको थियो ।
कार्यक्रम अतिरिक्त क्रियाकलाप इन्चार्ज राज कुँवरको अध्यक्षता, विद्यालयका नेपाली शिक्षक कुल प्रसाद अर्यालको निर्णायक भूमिकामा तथा विद्यालयका संयोजक सृष्टि बरालको सञ्चालनमा सम्पन्न भएको थियो ।