spot_img
spot_img
spot_img

बुटवल बाल मन्दिरमा नि:शुल्क दन्त परिक्षण

spot_img

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ५ स्थित बुटवल बाल मन्दिरमा नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ। राष्ट्रिय बाल दिवसको अवसरमा नेपाल बाल संगठन रुपन्देहीले आधुनिक समाज डेण्टल केयर प्रा.लिको प्राविधिक सहयोगमा बाल मन्दिरमा अध्यनरत विद्यार्थीहरुको दन्त परिक्षण गरेको हो।

सो अवसरमा बोल्दै नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीले संगठनले विद्यार्थीको स्वस्थ्य लाई ध्यानमा राख्दै दाँत सम्बन्धी समस्या समाधान गर्न नि:शुल्क दन्त शिविर आयोजना गरेको बताउनुभयो । उहाले समस्या आउँदा मात्र नभई दन्त परीक्षण समय समयमा गर्न आवश्यक रहेको बताउनुभयो ।

शिविरमा आएकामध्ये धेरैजसो बालबालिकाको दाँतमा किरा लाग्ने समस्या देखिएको र शिविरमै निःशुल्क दाँत सफा गरिएको थियो । दन्त रोग, मुख तथा दाँतको सुरक्षा गर्न बालबालिकाहरुले अपनाउनु पर्ने सावधानी बारे र उपचार विधिबारे दन्त सर्जन डा. रक्षा अर्यालले परामर्श दिनुभएको थियो । उक्त शिविरमा आधुनिक समाज डेण्टल केयर प्रा.लिका डा.रक्षा अर्याल, सृजना बस्याल, लक्ष्मी थापाले दन्त परीक्षण गर्नुभएको थियो ।

कार्यक्रममा आधुनिक समाज डेण्टल केयर प्रा.लि का अध्यक्ष अमृत भुषाल, बुटवल बाल मन्दिर विद्यालयको प्रधानाध्यापक सीता पाण्डे, नेपाल बाल संगठन रुपन्देही जिल्ला व्यवस्थापक दिपा बुढामगर, लेखा सहायक विशाल थापा लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img