spot_img
spot_img
spot_img

अनेरास्ववियु रुपन्देहीले गर्यो संगठन विस्तारमा तिव्रता, बुटवल र तिलोत्तमा नगरको अधिवेशन सम्पन्न

spot_img

बुटवल । अनेरास्ववियु रुपन्देहीले जिल्लाभित्र संगठनका गतिविधिलाई तिव्रता दिएको छ । यसै क्रममा असोज ४ गते शुक्रबारका दिन बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको हो ।

बुटवलको अधिवेशनबाट बिशाल थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ । ३१ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा प्रतिक गौतम, आशिष कडेल, सागर वि.क., इशाक अलि, सचिवमा आयुश कक्षपति, सहसचिव बिशाल पाण्डे, अतित आचार्य, बिन्दु राना मगर, कोषाध्यक्ष केशव पौडेल, सदस्यमा बिष्णु पाण्डे, असिम पुन, रेविसा कुँवर, सुवास सुनार, नारायण न्यौपाने, सन्ध्या न्यौपाने, अमरजित महतो, सरोज श्रेष्ठ, दिपशिखा खनाल, राज गुप्ता, असलम खान, रोशन न्यौपाने, मनिष खरेल, कृष नेपाल, आकाश गौतम, प्रताप भट्टराई, मञ्जु भुसाल, जोसेफ घिमिरे रहनुभएको छ ।

अधिवेशनमा अनेरास्ववियुको स्थायी कमिटी सदस्य लेखनाथ खनालको प्रमुख आथिथ्यता रहेको थियो भने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगर इन्चार्ज गोपाल राना प्रमुख वक्ताको रुपमा खुलासत्रमा सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनमा नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भण्डारी, सहइन्चार्ज शेषकान्त पोखरेल, एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली, अनेरास्ववियु प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, उपाध्यक्ष निरज आचार्य लगायतले बोलेको कार्यक्रमको अध्यक्षता रोशन घिमिरे र सञ्चालन रोहित कुमार सुनारले गर्नुभएको थियो भने अध्यक्षको तर्फबाट रोशन घिमिरेले यस अवधिको कामको समिक्षा सहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तिलोत्तमा नगर कमिटीमा दिवस खनाल सर्वसम्मत अध्यक्ष चयन

अनेरास्ववियु तिलोत्तमा नगर कमिटीको असोज ३ गते शंकरनगर पार्टी कार्यालयमा सम्पन्न भएको दोस्रो नगर अधिवेशनले दिवस खनालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्ष पूर्ण रोका, प्रज्वल पाण्डे, सचिव मदन न्यौपाने, सहसचिव निरुता गिरी, प्रतिक भारद्धार, आनन्द माली, कोषाध्यक्ष शनी बन्जाडे, सदस्यमा अविनाश सुनार, रोशन थापा, प्रविन थापा, राम श्रेष्ठ, सुजता भट्टराई, दिया मल्लाह, लेविष्का भट्टराई, उर्मिला थारु, सुरक्षा खरेल, आकृति भण्डारी, खुस्वु बानिया, सन्तोष पोखरेल, सिमा घिमिरे, शिला पाण्डे, निशा ढकाल, गौरव अर्याल, अरविन्द थारु, सक्षम पाण्डे, निशा खनाल रहनुभएको छ ।

अधिवेशनमा अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले पोटिलब्युरो सदस्य खिमलाल भट्टराईले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनमा नेकपा एमाले रुपन्देही जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम पन्थी, एमाले जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज साजन भण्डारी, सहइन्चार्ज शेषकान्त पोखरेल, एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेय, अनेरास्ववियु प्रदेश कमिटी सचिव रमेश ढकाल, जिल्ला कमिटी अध्यक्ष भरत अर्याल, लगायतले बोलेको कार्यक्रमको अध्यक्षता सरोज खनाल र सञ्चालन मदन न्यौपानेले गर्नुभएको थियो भने अध्यक्षको तर्फबाट सरोज खनालले यस अवधिको कामको समिक्षा सहित राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img