देवदह । रुपन्देहीको देवदहमा जारी नगर स्तरीय लिग क्रिकेट प्रतियोगितामा वडा नं ६ र वडा नं ८ भिड्ने भएका छन् । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा वडा नं २ लाई र दोश्रो सेमीफाईनलमा वडा नं ६ ले वडा नं १० लाई हराउदै फाईनलका लागि स्थान सुरक्षित गरेका हुन् ।
आज भएको पहिलो सेमीफाईनल खेलमा वडा नं २ लाई १८ रनले पराजित गर्दै वडा नं २ विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नं ८ ले १६ ओभरमा ९ विकेट गुमाउदै १०४ रन बनायो । टिमका लागि संकेत भट्टराईले २६ रन, प्रकाश भण्डारीले २२ रन र अजय थापाले १३ रन बनाए। बलिङतर्फ अमित भट, जितेन्द्र बानिया, अमल पोख्रेल १-१ विकेट लिए ।
१०५ रनको लक्ष्य पाएको वडा नं २ ले १६ ओभरमा ९ विकेट गुमाउदै ८६ रन मात्र बनाए । टिमका लागि जितेन्द्र बानियाले ३५ र समीर ठकुरीले २८ रन बनाए । बलिङतर्फ आशिष पाण्डेले २, प्रकाश भण्डारी, दिपक भण्डारी र सुवास भण्डारीले १-१विकेट लिए । उक्त खेलमा संकेत भट्टराई म्यान अफ दि म्याच घोषित भएका थिए ।
त्यस्तै आज सम्पन्न दोश्रो सेमीफाईनल खेलमा वडा नं १० लाई ११ रनले हराउदै वडा नं ६ विजयी भएको हो । टस जितेर पहिले ब्याटिङको वडा नं ६ ले १६ ओभरमा ९ विकेट गुमाउँदै ७५ रन बनाए । टिमका लागि सागर काफ्लेले २० रन, विशाल क्षेत्रीले १५ रन र कमल जैसीले १२ रन बनाए । बलिङतर्फ वडा नं १० का विवश खातिले र रमेश राईले ३-३ विकेट, प्रदिप वाग्ले, अनुप राई, निरज आचार्य, बिनाएक खनालेले १-१ विकेट लिए ।
७६ रनको लक्ष्य पाएको वडा नं १० ले १६ ओभरमा ५ विकेट गउमाउदै ६४ रन मात्र बनाए । टिमका लागि सुरेश रानाले १६, अनुप राईले १९ र जीवन अर्यालले १३ रन बनाए । बलिङतर्फ वडा नं ६ का प्रेम भुर्तेलले ३ विकेट, अभि मल्ल, अर्जुन रायमाझीले १-१ विकेट लिए । उक्त खेलमा प्रेम भुर्तेल म्यान अफ दि म्याच घोषित भएका थिए।
भोली अर्थात प्रतियोगिताको फाईनल खेल वडा नं ८ र वडा नं ६ विच डिसियु खेल मैदानमा बिहान १० बजेबाट हुने आयोजकले जनाएको छ ।