spot_img
spot_img
spot_img

अफवाह फैलाएर मुलुकलाई अस्थिरतातर्फ धकेलियो लिला गिरी

spot_img

देवदह । नेकपा एमालेका  पोलिटब्युरो सदस्य रुपन्देही इन्चार्ज लिला गिरीले गलत अफवाह फैलाएर मुलुकलाई अस्थिरतातर्फ धकेलियोको बताउनुभएको छ । 

नेकपा एमाले देवदह नगर कमिटीले तत्कालिन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको स्मृतिमा आयोजित युवा, सम्भावना र अवसर विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले मुलुकमा भइरहेको अस्थिरता र अफवाहको राजनीति प्रति आलोचना गर्नुभयो । उहाँले पुराना राजनीतिक पार्टीहरूलाई दोष दिएर, सरकारलाई अस्थिर बनाएर, र गलत प्रचारबाजीमार्फत मुलुकलाई दिशाहीन बनाउन खोज्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो ।

नेता गिरीले युवाहरूलाई निराश बनाउने र आफ्नो स्वार्थ पूरा गर्न मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरू भइरहेको बताउदै यसले मुलुकको स्थायित्वलाई गम्भीर चुनौती दिएको बताउनुभयो। उहाले समाजमा रहेको गलत प्रवृत्तिको विरुद्ध युवाहरूलाई सचेत बनाउनुपर्ने र उनीहरूलाई आर्थिक आयआर्जन तथा सकारात्मक मार्गतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । 

स्मृति कार्यक्रमको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय पार्टी स्कूल विभाग सदस्य वाईपी आचार्यले युवा, सम्भावना र अवसरका विषयका प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रम देवदह नगर कमिटीका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा र सचिव गणेश डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img