spot_img
spot_img
spot_img

सगरमाथा आवासीय मा .विमा शुभकामना तथा बिदाई कार्यक्रम

spot_img

देवदह । रुपन्देहीको देवदह -७ मा अवस्थित सगरमाथा आवासीय माविले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले माध्यामिक तह परिक्षाको तयारीमा बसेका विद्यार्थीहरुलाई विदाइ गरेका हुन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सगरमाथा आवासीय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनीले विद्यार्थीको शैक्षिक उन्नयन सहित उच्च शिक्षा हासिल गरि सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभएको थियो।अध्यक्ष मरासिनीले लगनशील र मिहेनत गरे जस्तोसुकै अफ्ट्यारो परिस्थितिको पनि सहजै सामना गर्न सकिने भएकोले विद्यार्थीहरुलाई निरन्तर मिहेनत गर्न आग्रह गर्नुभएको थियो।

त्यस्तै संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले सगरमाथाले स्थापनाकालदेखीनै उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको र अहोरात्र विद्यार्थीको नतिजा उत्कृष्ट बनाउन विद्यालय लागिरहेको भनाई व्यक्त गर्नुभयो। प्राचार्य पौडेलले आगामी दिनमा समेत विद्यार्थीको सिकाई स्तरलाई अझै परिस्कृत गर्दै लैजान प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका प्लस टु संयोजक दिपेश विक्रम मल्ल, शिक्षकहरु बिमल तिवारी, प्रदीप अधिकारी, प्रकाश अधिकारी, कृष्ण न्यौपाने, कक्षा १२ का विद्यार्थीहरु शिक्षा पौडेल, पुर्णिामा पाण्डे, विवेक भुसालले मन्तव्य व्यक्त गर्नुभएको थियो।

सोही अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो। कक्षा ११ का विद्यार्थी आकृति पाण्डेको अध्यक्षता, विद्यार्थी सौरभ तामाङको स्वागत र शिक्षक दामोदर सापकोटा र विद्यार्थी कृति न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img