spot_img
spot_img
spot_img

देवदह प्रिमियर लिग दोस्रो संस्करणका लागि खेलाडी लिलामी सम्पन्न

spot_img

देवदह // ग्रासरुट क्रिकेटको उत्सव देवदह प्रिमियर लिग(डिपिएल) दोस्रो संस्करणको लागि खेलाडी लिलामी सम्पन्न भएको छ। ‘क्रिकेट युद्ध’ भन्ने नारासहित हुने यो प्रतियोगिता देवदहका युवाबीच बढ्दो लोकप्रियता हासिल गरिरहेको क्रिकेटलाई थप व्यवस्थित र आकर्षक बनाउन डी–युनिटी (D–Unity) संस्थाले आयोजना गर्न लागेको हो।

कार्यक्रम देवदह प्रिमियर लिग दोश्रो सिजनको आयोजक समितिका अध्यक्ष तथा डि युनिटी युथ क्लबका अध्यक्ष सचिन श्रेष्ठको अध्यक्षता, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर केसी, देवदह १० का वडा सदस्री अमर लामिछाने, सामाजसेवी बासुदेव रिमाल, देवदह प्रहरी चौकीका ईन्चार्ज भिमसेन विष्ट लगायतको उपस्थिती रहेको थियो ।

देवदह प्रिमियर लिग सिजन २ मा ६ वटा टिमले सहभागि भएका छन्। जसमा पाकडी प्यान्थर, शीतलनगर सुपर स्टाईकर्स, खैरेनी ग्लाडिएटर्स, ढेकवार योद्धा, भवानीपुर रोयल्स र टटेरा डाईनामाईटले प्रतियोगितामा सहभगिता जनाएको छ। यी टिमहरुले आज आफ्ना लागि खेलाडी खरीद गरेका हुन्।

देवदह ५ स्थित पाठक फुड ल्यान्ड एण्ड ईभेन्ट भेनुको सभाहलमा गरिएको अक्सन मार्फत् खेलाडीहरुको लिलामी गरिएको हो । अक्सन मार्फत् प्रत्येक टिमले १३-१३ खेलाडी खरिद गरेका छन् । १ मार्क्यु र १ रिटेन खेलाडी गरी २ जना भने सबै टिमले यस अघि नै राखिसकेका छन् ।

उपाधी उचाल्ने टिमले नगद १ लाख र उपविजेताले ५० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्रको पाउनेछ्न। डिपिएल आगामी असोज १८ गते देखि देवदह ७ स्थित देवदह क्रिकेट खेल मैदानमा हुनेछ। गत वर्षको पहिलो संस्करणमा पाकडी प्यान्थरले उपाधि जितेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img