spot_img
spot_img
spot_img

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको पाँचौं चार्टर्ड नाइट सम्पन्न

spot_img

देवदह । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले आफ्नो पाँचौं चार्टर्ड नाइट कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। क्लबका अध्यक्ष बिमल तिवारीको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ पि, नेपालका डिष्ट्रीक्ट गभर्नर पिएमजेएफ बालाराम भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिष्ट्रीक्ट गभर्नर भट्टराईले क्लबले समाजमा गरेका गतिविधिको उच्च मूल्यांकन गर्दै प्रशंसा गर्नुभयो। उहाँले देवदहका विभिन्न संघ–संस्थाले आपसी समन्वयका साथ समाजसेवामा सक्रिय भई राम्रो सम्बन्ध कायम गरेको उल्लेख गर्दै क्लबलाई लायन्सको सेवाभावलाई आत्मसात् गर्दै निरन्तर काम गर्न आग्रह गर्नुभयो। साथै, क्लबले गरेका गतिविधिहरू नियमित रूपमा रिपोर्टिङ गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो। सोही अवसरमा क्लबलाई डिष्ट्रीक्ट फाइनान्स सपोर्ट अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा डिष्ट्रीक्ट दोस्रो भि. डि. जि. पीएमजेएफ मिना पन्थी, डिष्ट्रीक्ट एड्भाइजर राम बहादुर गुरुङ, सगरमाथा कलेजका प्रमुख कृष्ण प्रसाद पौडेल र एरिया ३ का एरिया चिफ कृष्ण प्रसाद पाण्डेसहितका अतिथिहरूले आफ्नो विचार राखेका थिए।

सोहि अवसरमा क्लबले स्पोन्सर गरेको लियो क्लब अफ भिजनरी युथको लोगो सार्वजनिक गरिएको थियो । क्लबको sनयाँ सदस्यका रूपमा सुरज भुर्तेल, रोशन जिसी, अमिर थापा मगर, सुरज ढकाल र राजु ज्ञवालीलाई प्रमाणपत्र र पिन प्रदान गरी स्वागत गरिएको थियो। त्यस्तै, आजीवन सदस्यता लिने १८ जना सदस्यलाई लाइफ टाईम मेम्बरशिप सर्टिफिकेट प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष दिपेश बिक्रम मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लबका सचिव मकेश ज्ञवालीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको संयोजन प्रथम उपाध्यक्ष नविन थापा मगरले गर्नुभएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img