spot_img
spot_img
spot_img

देवदहमा चौथो गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु

spot_img

रुपन्देही // रुपन्देहीको देवदह नगरपालिकामा चौथो गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु भएको छ। देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा नेपाल, भारत, भूटान र श्रीलंकाका कराते खेलाडीको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले जुन उद्देश्य साथ प्रतियोगिता आयोजना गरिएको हो त्यसको पुर्ण सफलताको शुभकामना दिदै देवदह नगरपालिकाले खेलकुदको विकासको लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आईरहेको बताउनुभयो। उहाँले कराते खेल आत्मरक्षाका निम्ति पनि महत्त्वपूर्ण रहेको र यसले मानिसको साररिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताउनुभयो।

सोही अवसरमा नेपाल कराते महासंघ केन्द्रिय सचिव प्रेम बमजम, कार्यक्रम संयोजक तथा संस्थाका पुर्व अध्यक्ष सोभाखर पन्थ लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो। प्रतियोगितामा नेपालबाट २५०, भारतबाट १००, श्रीलंकाबाट ५ र भुटानबाट ५ जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने व्यवस्थापक समितिका संयोजक सागर काफ्लेले जानकारी दिनु भयो।

देवदह कराँते डो एकेडेमीको अध्यक्ष गामु धोज मल्लको अध्यक्षतामा भएको कार्यक्रम मिलन गुरुङको स्वगत र प्रशिक्षक माधवप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img