spot_img
spot_img
spot_img

निर्वाचन तयारीमा एमाले रुपन्देही–१, विभिन्न परिचालन कमिटी गठन

spot_img

देवदह । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) क्षेत्र नम्वर १, रुपन्देहीको क्षेत्रीय कमिटीको विस्तारित भेला सम्पन्न भएको छ । क्षेत्रीय कमिटीका संयोजक प्रकाश अर्यालको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि १ हजार ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचन परिचालन कमिटीको संयोजकमा प्रकाश अर्याल, सहसंयोजकमा चुमकला वस्याल र सचिवमा सुरेन्द्र श्री संगै एक हजार पाच सहय ५१ सदस्यीय कमिटी गठन गरेको छ । भेलाले पार्टीका सचिव छविलाल विश्वकर्मा संयोजक र डा. कृष्णप्रसाद न्यौपाने सहसंयोजक रहेको अनुगमन तथा निर्देशन कमिटी गठन गरेको छ । त्यसैगरी प्रदेश कमिटी सदस्य धु्रवप्रसाद खरेल संयोजक र कृष्ण नेपाल सहसंयोजक रहेको आर्थिक व्यवस्थापन कमिटी गठन गरेको छ ।

भेलाले सुरेन्द्र श्रीको संयोजकत्वमा कार्यालय व्यवस्थापन, यम रानाको संयोजकत्वपमा प्रचार प्रसार, डा. मुरारी पराजुलीको संयोजकत्वमा प्रतिवद्धता मस्यौदान निर्माण कमिटी गठन गरेको छ । यसैगरी जानकी न्यौपाने संयोजक, विद्यालक्ष्मी सहसंयोजक रहेको महिला परिचालन कमिटी, चन्द्रकान्त खरेल संयोजक रहेको युवा परिचालन, भरत आस्था संयोजक रहेको बुद्धिजीवि परिचालन कमिटी गठन गरेको छ । त्यसैगरी डा. कृष्णप्रसाद न्यौपाने संयोजक रहेको जनप्रतिनिधि समन्वय, विकास गहतराजको संयोजकत्वमा मुक्ति समाज परिचालन र अर्जुन गैरेको संयोजकत्वमा विद्यार्थी परिचालन कमिटी गठन गरेको छ ।

सोही अवसरमा बोल्दै देशको राष्ट्रियता, भौगोलिक अखण्डा, संविधान र गणतन्त्र जोगाउन नेकपा एमालेको सरकार आवश्यक रहेको केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनलाई आन्दोलनको रुपमा लिएको बताउदै पार्टीको उम्मेदवारलाई जिताउन सवै एकतावद्ध भएर लाग्नु पर्ने बताउनु भयो । नेता विश्वकर्माले नेकपा एमालेको सरकार र जनप्रतिनिधिले गरेका विकास निर्माण कामको वारेमा आमनागरिक समक्ष पुर्याउनु पर्नेमा जोड दिनु भयो । उहाले रुपन्देहीको क्षेत्र नम्वर १, को विकासको लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेपनि बर्तमान सरकारले बजेट कटौती गरेर विकास निर्माणको काममा वाधा पुर्याएको आरोप लगाउनु भयो । नेता विश्वकर्माले नवयुवाहरुको भावना सकारात्मक रहेपनि भदौ २३ र २४ गते भएको आन्दोलन माथि अराजक तत्वले हस्तक्षेप गरी राष्ट्रिय तथा नीजि सम्पत्ति तोडफोड गरेको बताउनु भयो । उहाले देशमा भएको अराजक गतिविधि प्रति जिम्मेवार नागरिकले सोच्ने बेला आएको बताउदै निर्वाचनको माध्यमबाट अराजक गतिविधि गर्नेहरुलाई तह लगाउनु पर्नेमा जोड दिनु भयो ।

सोही अवसरमा बोल्दै पार्टीका केन्द्रिय सदस्य दधिराम न्यौपानेले विचारमा प्रतिवद्ध भएमात्र मुलुक परिवर्तन गर्न सकिनेमा जोड दिनु भयो । रुपन्देहीको क्षेत्र नम्वर १, को उम्मेदवार समेत रहनु भएका न्यौपानेले देशमा अराजकता सृजना गरी देशलाई कठपुतली बनाउन जेनजीहरुलाई प्रयोग गरेको बताउनु भयो । उहाले रुपन्देहीको क्षेत्र नम्वर १, को मुहार फर्ने गरी आफु लाग्ने बताउदै नेकपा एमालेको सरकारले मात्र देशको विकास गर्न सकिनेमा जोड दिनु भयो । उम्मेदवार न्यौपानेले देश र जनताको पक्षमा काम गर्दा एमाले माथि प्रहार भएको भन्दै निर्वाचन मार्फत जवाफ दिनु पर्नेमा जोड दिनु भयो । विस्तारित क्षेत्रीय भेलामभा पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरे लगायतले आ–आफना भनाई राखेका थिए । राधा शाहीको स्वागत र सचिव सुरेन्द्र श्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img