देवदह // विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको देवदह नगर समिति गठन भएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुको हक हितमा काम गर्ने साझा संस्थाका रुपमा रहेको महासंघको शुक्रवार नगर समिति गठन भएको हो । भेलाबाट प्रशुराम ढकालको अध्यक्षतामा १८ सदस्यीय देवदह नगर समिति गठन भएको छ।
समितिको उपाध्यक्षमा कृष्ण ज्ञवाली, सचिवमा हेमलाल कुवर, कोषाध्यक्षमा अम्बिका कंडेल र सह सचिबमा थाम प्रसाद चापागाईं (अजय ) सर्वसम्मत चयन भएका छन। त्यस्तै सदस्यहरुमा सागर भट्टराई, सुरज पोखरेली, बालकृष्ण भण्डारी, प्रविण गौडेल, विमला पाण्डे, विराज क्षेत्री, शिव सापकोटा, मञ्जु अधिकारी, मनिषा शर्मा पराजुली, मिना घिमिरे, हुमकला शर्मा, उमानन्द भुषाल र सनम परियार निर्विरोध चयन भएका छन् ।
समिति गठन कार्यक्रममा देवदह नगरपालिकाको नगर प्रमुख धुर्व खरेल, पेशागत महासंघ केन्द्रिय सह संयोजक दयाराम बस्याल, देवदह नगरपालिका उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, पेशागत महासंघका केन्द्रिय सदस्य,प्रदेश सदस्य तथा पेशागत महासंघ विभिन्न घटक संघका केन्द्रिय तथा जिल्ला का पदाधिकारी तथा सदस्य लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम पेशागत महासंघ नेपालका जिल्ला समिती अध्यक्ष राजिव अर्यालको अध्यक्षता र सचिब बुद्धि प्रसाद ज्ञवालीको सञ्चालनमा भएको थियो।