spot_img
spot_img
spot_img

गलत राजनीतिले उद्योग व्यवसाय फस्टाउन सकेन ः मुख्यमन्त्री राउत

spot_img

धनुषा, १ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताउनुभएको छ । बुधबार जनकपुरधाममा ईएलएमएसले आयोजना गरेको श्रम बजार सूचना कार्यशाला गोष्ठीमा उहाँले नेपालमा उद्योगधन्दा फस्टाउन नसक्नुमा राजनीतिक दल र तिनका मजदुर तथा ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिका पनि मुख्य कारण रहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले नेपाल सरकारको अस्पष्ट र झन्झटिलो नीतिका कारण उद्योगी व्यवसायीहरु लगानी गर्न हिचकिचाइरहेको समेत बताउनुभयो । उद्योग स्थापना र दर्ता प्रक्रियासमेत असहज हुनु र कामअनुसारको योग्य जनशक्तिको अभाव हुनु नेपाली उद्योग क्षेत्रका लागि मुख्य चुनौती रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा मधेश सरकारका उद्योगमन्त्री सत्रुधन महतोले मधेशको विकासका लागि निर्माण, कृषि, पर्यटन, उद्योगसहितका क्षेत्रका लागि चाहिने दक्षजनशक्ति आपूर्तिका लागि विभिन्न निकाय मिलेर एउटा बजार केन्द्र खोल्नुपर्ने बताउनुभयो ।

जनकपुरधाम उमहानगरपालिकाका प्रमुख मनोजकुमार साह तथा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले जनशक्तिको अभावमा रोजगारको आधार तयार नहुने बताउँदै दक्ष जनशक्तिका लागि पाठ्यक्रम र उचित तालिमहरुमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा जनकपुरधामका पूर्वनगरप्रमुख बजरङ्गप्रसाद साहले कृषि, पर्यटन, उत्पादन र श्रमका लागि जनशक्तिसहितको स्रोतहरु सदुपयोग गर्न सकिए देशको विकास र समृद्धि सहज हुने धारणा राख्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
2.6K
खुसी
197
हासो
185
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img