देवदह // कामना सेवा विकास बैंक र देवदह स्थित खैरेनि पोलिक्लिनीक बिचमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका तर्फबाट रिजनल हेड मोहन दत्त खनाल र खैरेनि पोलिक्लिनीकका तर्फबाट अध्यक्ष दिपक क्षेत्रीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार कामना सेवा विकास बैकंका ग्राहकले खैरेनि पोलिक्लिनीक बाट स्वास्थ सेवा लिदा भारी छुट प्राप्त गर्नेछन । जसमा ग्राहकहरुले बिभिन्न स्वास्थ सेवा लिए बापत पोलि क्लिनिक प्रालिद्धारा सञ्चालित डिजिटल एक्स–रे, भिडियो एक्स–रे, शल्यक्रिया आदि सेवामा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । त्यस्तै ओ.पि.डि टिकट, ईमर्जेन्सी टिकटमा २० प्रतिशत, र ल्याब परीक्षणमा २० प्रतिशत साथै औषधीमा १० प्रतिशत सम्म छुट दिने सम्झौता भएको क्लिनिकका अध्यक्ष दिपक क्षेत्रीले बताउनु भएको छ । सम्झौता अनुसार ग्राहकहरुले खाता खोलेकै भरमा यो छुट सुबिधा पाउने बैंकले जनाएको छ।