spot_img
spot_img
spot_img

देवदहमा नगर अस्पताल सञ्चालन

spot_img

रुपन्देही // रुपन्देहीको देवदहमा देवदहकै गौरवको रुपमा रहेको देवदह नगर अस्पताल सञ्चालनमा आएको छ। साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर १० शय्याको नगर अस्पताल सञ्चालन गरिएको हो ।नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ ।

देवदह नगर अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले स्वास्थ्य उपचारको लागी अव नगरबासीलाई सहज हुने बताउनुभयो। आफूले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाको भनाई छ। नगर प्रमुख खरेलले सबै नगरवासीलाई सहजरुपमा आधारभूत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने बताउनुभयो।

साेही अवसरमा बाेल्दै देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले ठेकेदारको कारणले नगर अस्पताल भवन समयमै सम्पन नभएको र आफुले पत्रचार समेत गरेको र समय म्याद सम्म नसकेमा कानुनी प्रक्रिया चाल्ने बताउदै अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न नगरपालिका गम्भीर रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगर अस्पताल उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख गौरव ढकालले देवदहमा नगर अस्पताल सञ्चालन सँगै स्वास्थ्य सेवा थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने बताउनुभयो ।

कार्यक्रममा देवदह स्वास्थ्य चौकीका पुर्व प्रमुख जयकिसन अधिकारी, नेकपा एमाले देवदहका कार्यवहाक अध्यक्ष हिरा थापा, नेपाली कांग्रेसका देवदह नगर सभापति गुणाखर भुर्तेल, नेकपा माओवादी केन्द्रका देवदह अध्यक्ष गोविन्द बहादुर ठडराई, वडा नम्बर ५ का पुर्व अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, कार्यक्रममा नेकपा एमालेका नेता ऋषिराम सापकोटा, श्रीकृष्ण पोलिक्लिनिकका सञ्चालक कृष्ण गैरे, नेकपा एकीकृत समाजवादीका देवदह अध्यक्ष डिल्लीराम सापकोटा, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, कार्यक्रममा देवदह मेडिकल कलेजका गोपाल प्रसाद पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्दै जुन उदेश्य साथ सञ्चालनमा ल्याईएको हो त्यो पूरा गरोस् र स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी तयारीले अगाडी बढाउने कुरामा जोड दिएका थिए।

यसैगरी देवदह नगर अस्पतालकाे समुद्वघाटनकाे अवसरमा देवदह प्रेस क्लबद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। साेमबार आयोजित रक्तदान कार्यक्रममा ६३ युनिट रगत जम्मा भएको देवदह प्रेस क्लवका अध्यक्ष विष्णु पाेखरेलले बताउनु भयाे। कार्यक्रममा देवदहका विभिन्न क्लव, वन, सामाजिक संघ संस्थाको सहयाेग रहेकाे थियाे।

कार्यक्रम नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, नगर उप प्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत तथा स्वास्थ्य प्रमुख काशीनाथ वञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img