spot_img
spot_img
spot_img

दीपक मनाङ्गे निर्विरोध निर्वाचित

spot_img

मनाङ, २६ असोज । सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे (राजीव गुरुङ) निर्विरोध निर्वाचित हुनुभएको छ ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित हुनुभएको हो ।

मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो ।मनाङ्गे विसंं २०७४ मा पनि स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य हुनुभएको थियो । गुरुङ हाल गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img