spot_img
spot_img
spot_img

तनहुँमा महिला उम्मेदवार चार प्रतिशत

spot_img

तनहुँ, २७ असोज । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

तेत्तीस प्रतिशत महिलाको नाममा वकालत गर्ने मुख्य राजनीतिक दलले नै महिला उम्मेदवारीका लागि उपेक्षा भाव राखेको पाइएको छ । संविधानमा उल्लेख गरेअनुरुप महिला उम्मेदवारका लागि कुनै पनि राजनीतिक दलले स्थान दिएको नपाइएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्यमा २६ र प्रदेशसभा सदस्यमा ३६ गरी कूल ६२ उम्मेदवारले उम्मेदवारी दर्ता गरेकामा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक महिलाले उम्मेदवारी दिएका छन् । प्रतिशतका हिसाबले निर्वाचनमा करिब चार प्रतिशत महिलाको सहभागिता देखिएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताउनुभयो । उहाँका अनुसार कूल ६२ उम्मेदवारमा कम्तीमा २० महिलाको उम्मेदवारी हुनुपर्ने थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img