२ कात्तिक , काठमाण्डौ ।
मनसुनी अर्थात् पूर्वी वायु बाहिरिएसँगै देशमा अहिले पश्चिमी वायु सक्रिय हुन थालेको छ। अन्य क्षेत्रमा भन्दा आज पहाडी क्षेत्रमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन। बिशेषगरि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी वायुकै प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली भएको मौसमविद्को भनाई छ । अन्य क्षेत्रको मौसम भने सफा नै रहने अनुमान गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??