२ कार्तिक, सुर्खेत ।
अपाङ्गता भएका ब्यक्तिको राजितिक क्षेत्रमा पनि सक्रिय सहभागीताका लागि विभिन्न कार्य अन्तरगत निर्वाचनलाई लक्षित गरेर नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । नेत्रहिन युवा संघ सुर्खेतको आयोजना तथा जिल्ला निर्वाचन कार्यलय सुर्खेतको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कुल खसेको ३३ मत मध्य प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४ मत बदर भएको थियो भने समानुपातिकमा ३६ खसेको कुल मत मध्य ५ मत बदर भएको थियो ।प्रर्देश तर्फको प्र्यक्ष तर्फ कुल खसेको ३३ मत मध्य ४ मत बदर भएको थियो भने समानुपातिक तर्फ ३३ खसेको कुल मत मध्य ५ मत बदर भएको थियो ।
आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै मङलबार अपाङ्गता भएका व्यक्तिहरूका लागि नमुना मतदान तथा निर्वाचन शिक्षा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा भेरिगण्गा–१२ का वडासदस्य इन्द्र गीरिले अपाङ्गता भएकाहरूको विषयमा मतदाता शिक्षा खासै प्रभावकारी बन्न नसकिरहेको अवस्थामा यस कार्यक्रमले धेरै हदसम्म मतदाता शिकषा प्रदान गर्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रम ६० बढि व्यक्तिहरूको सहभागी रहेको थियो । औपचारिक कार्यक्रम संस्थाको शाखा सुर्खेतका अध्यक्ष शेर बहादुर ओलीको अध्यक्षतामा हिजो बिहान ११ बजेदेखि २ बजेसम्म सन्चालन भएको थियो । पहुचयुक्त्त निर्वाचन प्रणालीको बिकासका लागि बिगत १ बर्स देखि नेत्रहिन युवा संघ सुर्खेतले विभिन्न किसिमका कार्यक्रम सन्चालन गर्दै आएको पहुच निर्वाचन प्रणाली कार्यक्रमका सुर्खेत जिल्ला अधिकृत वसन्त जैसीले बताउनुभयो ।