३ कात्तिक, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुलाई गाई चराउन गएका बेला अरिङ्गालले टोकेको थियो। अरिङ्गलाको टोकाईपछि गम्भीर घाइते भएकी सारुको उपचारका क्रममा बिहीबार देवदह मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
1