३ कार्तिक, बुटवल
चित्र बहादुर के.सी नेतृत्व राष्ट्रिय जनमोर्चा र मोहन बिक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल)लाई खारेज गरी मोटो “श” प्रयोग भएको नेकपा (मशाल) लाई व्युँत्याइएको छ ।सन्त बहादुर नेपाली कृष्ण पौडेल नेतृत्वको नेकपा(मसाल) केन्द्रिय समन्वय समितिले आयोजना गरेको बिशेष महाधिबेशनले मोहन बिक्रम सिंहले नेतृत्व गरेको नेकपा(मसाल) र चित्रबहादुर के.सीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चालाई खारेज गरी चित्र बहादुर के.सी र मोहन बिक्रम सिंहलाई समेत खारेज गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) विशेष महाधिवेशन आयोजक समितिको ऐतिहासिक विशेष महाधिवेशनबाट पारित राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्धी निर्णय तथा प्रस्तावहरुबारे बुटवलमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै सो पार्टीका महासचिव सन्त बहादुर नेपालीले उक्त कुरा खुलासा गर्नुभएको हो।
भुमिगत रुपमा सम्पन्न भएको बिशेष महाधिबेशनले सन्त बहादुर नेपालीलाई महासिचव तथा राम बहादुर बुढालाई प्रबक्तामा निर्वाचित समेत गरेको छ। बिशेष महाधिबेशनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी र नेकपा (मसाल)का महामन्त्री मोहन बिक्रम सिंहले आठौं महाधिबेशन अगाडी देखि नै दक्षिणपन्थी धार अंगालेको र कम्युनिष्ट बिचारधाराबाट बिचल्लित भई क्रान्तीकारी धारलाई त्यागेको गम्भिर आरोप समेत लगाएको छ।
पत्रकार सम्मेलन मार्फत महासचिव नेपालीले सातौ महाधिवेशनको क्रान्तिकारी कार्यदिशालाई तत्कालिन नेतृत्वले अमान्य गरेर दक्षिणपन्थी लाइन अवलम्वन गरे पछि क्रान्तिकारी कार्यदिशाको रक्षा, निरन्तता र विकासको जिम्मेवारी मसाल भित्रको वामपन्थी –क्रान्तिकारीहरुको काँधमा आएको बताउदै देश विदेशमा रहेका हजारौ पार्टी कार्यकर्ता र समर्थकहरुले विशेष महाधिवेशन गरी दायित्व पुरा गर्दै मसालको क्रान्तिकारी विरासतलाई कायम राखेको समेत महासचिव नेपालीले जिकिर गर्नुभयो।
पत्रकार सम्मेलन मर्फत महाधिबेशनले एक पदिय नेतृत्व पद्धतीलाई अंगीकार गरी मोटो “श” प्रयोग भएको नेपाल कम्युनिष्ट पार्टी (मशाल)लाई व्युँत्याएर आठौ महाधिवेशन भन्दा पहिले देखि तत्कालिन पार्टी नेतृत्वले दक्षिणपन्थी संशोधनवादी नीतिको अभ्यास गर्दै आठौ महाधिवेशनसम्म आइपुग्दा क्रान्तिकारी नीतिलाई परिवर्तन गरेर पार्टीलाई दक्षिणपन्थी विर्सजनवाद तर्फ लगेको हुदा यो महाधिवेशनले आठौ महाधिवेशनका सम्पुर्ण दक्षिणपन्थी नीतिलाई खारेज गर्दै मोहन विक्रम सिंह र चित्र वहादुर के.सीलाई पार्टीबाट निस्काशित गरिएको महासचिव नेपालीले प्रस्ट्याउनु भएको थियो।
सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद जिवित रहदासम्म सशत्र जनविद्रोहमा विश्वास गरेपनि वर्तमान अवस्थामा जनसंघर्षलाई नै संघर्षको प्रधान स्वरुप मान्दै शान्तीपुर्ण जनसंघर्षका समयमा पनि सत्तापक्षबाट बल प्रयोग भएको अवस्थामा पार्टीले पनि अवस्था अनुसार संघर्षलाई निरन्तरता दिदै जाने महाधिबेशनबाट पारित भएको महासचिव नेपालीले बताउदै अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नव औपनिवेशिकरणको अन्त्य गर्ने र नयाँ जनवाद स्थापनाको सवालमा ग्रामीण वर्ग संघर्ष र शहरिया सशस्त्र जनविद्रोह नै निर्णायक बल प्रयोगलाई स्वीकार समेत गर्ने बताउनु भएको छ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनतामा कुनै उत्साह नभएको र अहिले सम्म चुनाव जितेका शासक दलहरुले देश र जनतालाई धोका दिएकै कारण जनताले दलहरु प्रति बितृष्णा देखाएका कारण पनि मंसिर ४ मा हुने चुनावको कुनै अर्थ नरहने निष्कर्ष निकाल्दै महाधिबेशनले चुनावको शसक्त रुपमा बिरोध र बहिस्कार गर्ने निर्णय गरेको पार्टी महासचिव नेपालीले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो।
बिशेष महाधिबेशनबाट पारित भएका समसामयिक बिषयहरुबारे जानकारी गराउदै महासचिव नेपालीले रुसद्वारा युक्रेनमाथी भएको आक्रमणको समेत निन्दा गरेको बताउदै म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्खसाङसुकीलाई त्यहाँको सैनिक सरकारले दिएको लामो कारावास सजायको विरोध गरी सुकीको तत्काल रिहाको माग गरेको छ। यसैगरी सत्ता गठबन्धनले गरेका राष्ट्रघाती एम सी सी, एस पी पी र नागरिकता बिधेयकको तत्कार खारेज हुनु पर्ने माग समेत महाधिबेशनले पारित गरेको छ। भुमिगत रुपमा भएको महाधिबेसनले २५ जना पुर्ण र १० बैकल्पिक सदस्य गरी ३५ सदस्यिय नयाँ कार्य समिति गठन गरेको छ।