spot_img
spot_img
spot_img

मध्यप्रदेशमा बस दुर्घटना : १५ जनाको मृत्यु, ३५ गम्भीर घाइते

spot_img

५ कात्तिक, भारत ।

मध्य प्रदेशको रीवा नजिक राष्ट्रिय राजमार्ग–३० मा शुक्रबार राति एउटा ठुलो दुर्घटना भएको छ । बस र ट्रेलर एक आपसमा ठोक्किँदा १५ यात्रुको मृत्यु भएको छ भने ५५ यात्रु घाइते भएका छन् । यसमध्ये ३५ जना गम्भीर रहेका ५न् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ। रेवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा शुक्रबार राति ११ः३० बजे दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार पहाडबाट ओर्लने क्रममा बस ट्रकमा ठोक्किएको थियो । दुर्घटना हुँदा बसको गति निकै तीव्र थियो । बस हैदरावादबाट गोरखपुर जाँदै थियो । मृत्यु हुनेमा अधिकांश उत्तर प्रदेशका रहेको बताइएको छ । घाइते हुनेमा अधिकांश मजदुर रहेका छन् । सबै जना दीपावली मनाउन घर फर्किरहेका थिए । बसको अगाडिको भागमा बढी क्षति पुगेको रेवाका कलेक्टर मनोज पुष्पले बताए । जसका कारण बसको केबिन र अगाडिको सिटमा बसेका यात्रुको मृत्यु भएको छ भने घाइते यात्रुलाई सञ्जय गान्धी अस्पताल रेवा पठाइएको छ ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img